Logo

नेपाललाई चीनद्धारा भेरोसेल खोप तथा स्वास्थ्य सामग्री हस्तान्तरण



काठमाडौं, २२ कात्तिक । नेपाललाई छिमेकी राष्ट्र चीनले नेपाली सेनालाई भेरोसेल खोप तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । चीनको जनमुक्ति सेनाद्धारा पठाइएका विभिन्न सामाग्री जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच चीनका महामहिम राजदूत Her Excellency Hou Yanqi ले प्रधान सेनापति महारथी प्रभुराम शर्मालाई हस्तान्तरण गरेका हुन् ।

नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको उक्त हस्तान्तरण कार्यक्रममा प्रधान सेनापति महारथी शर्माले यस सहयोगको लागि मित्रराष्ट्र चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद ज्ञापन गरेका थिए ।

यस किसिमको सहयोगबाट नेपाली सेनाका सकलदर्जा एवं प्राथमिकताका आधारमा हिताधीकारीहरु समेत लाभान्वित हुने र यसबाट महामारी बिरुद्धको लडाइमा नेपाली सेना थप प्रभावकारी रुपमा नेपाली जनताको सेवामा लाग्न सक्षम हुने तथा दुई देशका सेनाबीच रहेको सम्बन्ध थप मजबुद हुने विश्वास लिइएको छ ।

नेपाली सेनाको लागि चीनको सेनाको तर्फबाट १० थान भेन्टिलेटर, १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित ३ लाख डोज कोभिड–१९ को खोप सहयोगस्वरुप प्राप्त भएको हो ।



प्रतिक्रिया दिनुहोस्