Logo

किशोरी बलात्कारको आरोपमा अर्बपति पक्राउ



काठमाडौं, २२ कात्तिक । किशोरी बलात्कारको आरोपमा एकजना अर्बपति व्यवसायी पक्राउ परेका छन् । कार्गो व्यवसायी मनोज अधिकारी पक्राउ परेका हुन् । उनी कार्गो व्यवसायीहरुको आधिकारिक संगठन फ्रेट फरवार्डस् संघ (नेफा) का अध्यक्ष पनि हुन् ।

प्रहरीका अनुसार उनलाई ठमेलबाट पक्राउ गरिएको हो । महानगरीय प्रहरी वृत्त कमलपोखरीको टोलीले अधिकारीलाई पक्राउ गरी पाँच दिन म्याद थप परेर अनुसन्धान भइरहेको छ ।

१६ वर्षीया किशोरीलाई ८ कात्तिकमा रातोपुलस्थित रेष्टुरेन्टमा बलात्कार गरेको आरोप छ । पीडित किशोरीको बयान र मेडिकल चेकजाँच बढाइएको छ ।



प्रतिक्रिया दिनुहोस्