Logo

भोलि पाँच दलीय गठबन्धनका नेताहरुको संयुक्त अपिल आउँदै, यस्ता छन् विषय



काठमाडौं, २२ कार्तिक । वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण र सरकारले गरेका कामकारबाहीसहित गठबन्धनको औचित्य पुष्टि गर्दै भोलि पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले संयुक्त अपिल जारी गर्ने भएका छन् । आज बसेको गठबन्धनको बैठकमा यस्तो सहमति बनेको हो । बैठकमा सहभागी नेता हिमाल पुरीका अनुसार भोलि पाँचै दलका शीर्ष नेताहरुले संयुक्त अपिल जारी गर्नेछन् ।

आज बसेको गठबन्धनको बैठकले सरकार सञ्चालनमा सहयोग पु¥याउन पाँच दलीय समन्वय समिति गठन गर्ने निर्णय गरेको थियो । समितिमा ११ सदस्य रहनेछन् । सत्ता गठबन्धनमा रहेका दलबाट दुई–दुई जना र सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य रहने निर्णय भएको उहाँले जानकारी दिनुभयो । नेता श्रेष्ठका अनुसार हरेक पार्टीले दुई–दुई महिना समितिको नेतृत्व गर्नेछन् ।

पहिलो संयोजन नेपाली कांग्रेसले गर्नेछ । कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले संयोजन गर्ने जनाईएको छ । हरेक बैठकमा प्रधानमन्त्री सहभागी हुनेछन् । गठबन्धन बैठकमा आसन्न राष्ट्रियसभा बैठकमा मिलेर जाने सहमति भएको छ। भोलि आउने संयुक्त अपिलमा भने गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने, सरकारले गरेका राम्रा कामहरुको बारेमा प्रकाश पारिनेछ । PHOTO SOURCE: RSS



प्रतिक्रिया दिनुहोस्

Screenshot