Logo

मेरो माइक्रोफाइनान्सको संस्थापक शेयरमा आजसम्म आवेदन दिने सकिने



काठमाडौं,२३ कात्तिक । मेरो माइक्रोफाइनान्स लघुवित्तले कात्तिक १२ गतेदेखि लिलामीमा ल्याएको संस्थापक शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले ५ लाख ७१ हजार ५९८ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनी तथा अन्य योग्य व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न सकिने गरी लिलामीमा ल्याएको हो ।

कम्पनीले शेयरको मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकेको हुनाले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने कम्पनीले व्यवस्था गरेको छ ।

आवेदन कात्तिक २५ गते विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा विहान १० बजे खोल्ने जनाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot