काठमाडौं, २३ कात्तिक । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । संस्थाले आज संस्थापक शेयर विक्रीका लागि ३५ दिने सुचना जारी गरेको हो । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न सकिने गरी यो शेयर लिलामीमा विक्री खुला गरेको हो ।
उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले तोकिएको अवधिभित्र कम्पनीको केन्द्रिय कार्यालय पोखरा, कास्कीमा लिखित जानकारी दिनुपर्ने संस्थाले जनाएको छ ।