काठमाडौं, २३ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबारदेखि सबै न्यायाधीशहरुको लागि मुद्दाको लागि पेशी तोकेर इजलास गठन गरेका छन् ।
लामो समयदेखिको अबरुद्ध न्यायालयको कामकाजलाई अगाडी बढाउन प्रधानन्यायाधीश जबराले नियमित मुद्दा हेर्न सबै न्यायाधीशहरुलाई इजलास तोकेका हुन् ।
जबराले आफ्नो लागि पनि मुद्दाको पेशी तोकेका छन् । जबराले सोमबार केही न्यायाधीशहरुको लागि मात्र इजलास तोकेर बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र सुनुवाई गरेका थिए ।