Logo

चाउचाउ किन्न गएकी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या



कर्णाली, २३ कात्तिक । कर्णालीमा सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ ।

लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्क निवासी गगनबहादुर सुनारकी ७ वर्षीया छोरी मनिषा सुनारको घाँटी रेटिएको अवस्थामा सोमबार शव फेला पारेको प्रहरीले जनाएको छ । मनिषाको शव घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा घाँटी रेटिएको अवस्थामा फेला परेको थियो ।

बालिका आइतबार बिहान १०ः०० बजे चाउचाउ किन्न भनी घर नजिकैको पसलमा गएकी थिइन् । तर, समयमै घर नफर्केपछि परिवारले सोमबार बिहान ९ः०० बजे इलाका प्रहरी कार्यालयमा खबर गरेको थियो ।

खबर प्राप्त भएलगत्तै इप्रकाका प्रमुख प्रहरी निरीक्षक चक्रबहादुर देउवाको नेतृत्वमा रहेको पाँच प्रहरीको टोलीले खोजतलास गर्दा देवीलालको खरबारीमा घाँटी रेटिएको अवस्थामा शव फेला पारेको थियो ।घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पदमबहादुर विष्टसहित कर्णाली प्रदेश प्रहरी अनुसन्धान ब्यूरोको टोलीले अनुसन्धान गरिरहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्