Logo

स्रोत नखुलेको नगद २० लाख सहित पक्राउ



पर्सा, २३ कात्तिक । स्रोत नखुलेको नगद २० लाख रुपैयाँ सहित एकजना पक्राउ परेका छन् । वीरगंज महानगरपालिका–८ घण्टाघरबाट स्रोत नखुलेको नगद २० लाख रुपैयाँ सहित बारा बिश्रामपुर गाउँपालिका–५ नकटुवा बस्ने ३१ वर्षीय चन्दन कुमार साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

घण्टाघरबाट आदर्शनगरतर्फ जाँदै गरेको ना.४८ प ७६९१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

उनीमाथि बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन, २०७३ विरुद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot