Logo

वर्षमा एकपटक रक्तदान गर्ने ऋषि धमलाको घोषणा



काठमाडौं, २४ कात्तिक ।  रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले लायन्स इन्टरनेशनलले राम्रो काम गरेकोले आज सबै क्षेत्रले रुचाएको र लोकप्रिय भएको बताए । धमलाले नेपाली संचार जगत लायन्स इन्टरनेशनलको पक्षमा रहेको समेत बताए । अध्यक्ष धमलाले लायन्सले गरेको कामलाई सम्मान गर्दै सञ्चार जगतले समाचार सम्प्रेषण गर्ने गरेको पनि जानकारी दिए ।

उनले भने,‘रक्तदान जीवनदान हो । लायन्स क्लब इन्टरनेशनले रगतको केसमा चमत्कारी काम गरेको छ । भोलिको कार्यक्रमको रिपोर्टर्स क्लब तपाईहरुको साथमा हुनेछ । तपाईहरुले गरेको राम्रा काम कामलाई जनतामाँझ पुर्र्याउने काम हाम्रो हो र गर्नेछौ पनि । लायन्स क्लबको काम हामी सबैको लागि प्रेरणादायी छ ।’

विश्वकै सबैभन्दा उच्च स्थान सोलुखुम्बुमा कात्तिक २६ गते ‘ब्लड डोनेसन क्याम्प’ को आयोजना गरिने

सामाजिक कामको भाषण गर्न सजिलो भएपनि मेहनत गर्न निकै गाह्रो हुने उनको भनाई थियो । त्यो काम लायन्सले गरेको उनले बताए । अहिलेको समयमा रगत निकै आवश्यक रहेको बताउँदै धमलाले रक्तदान गर्न अझैपनि मानिसहरु डराउने गरेको बताए । उनले रक्तदान गरेपछि मानिस झन् सिर्जनशील हुने भन्दै उनले भने,‘रक्तदान गर्ने मानिस स्वस्थ हुन्छ, काम गर्न पनि सक्छ । अरुलाई पनि बचाउछ ।’

उनले अरुलाई बचाउन रगत दान गर्नैपर्ने बताए । उनले आफुले पनि रक्तदान गर्न ६ महिना वा एक वर्षमा भएपनि एकपटक गर्ने योजना बनाएको बताउदै प्रत्येक वर्ष लायन्समा गएर रक्तदान गर्ने घोषणा गरे । ‘अब लायन्समा गएर वर्षमा एकदिन रक्तदान गर्न चाहान्छु, आज मैले घोषणा गरें ।’–धमलाले भने ।

विश्वमै सबैभन्दा उच्च स्थान सोलुखुम्बु जिल्लामा कात्तिक २६ गते रक्तदान कार्यक्रम हुने भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर दुर्गम क्षेत्रका मानिसहरुलाई रक्तदानसम्बन्धी चेतना जगाउन ब्लड डोनेसन क्याम्पको आयोजना गर्न लागेको आयोजक लायन्स क्लव अफ काठमाण्डौ ब्लड सर्कलले जानकारी दिएको हो ।



प्रतिक्रिया दिनुहोस्