काठमाडौं, २५ कार्तिक । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न अस्विकार गरेका छन् । प्रधानन्यायाधीश जबराले अध्यक्ष श्रेष्ठलाई भेट्न बोलाएका थिए । तर, उनले आफू एक्लै नजाने अडान लिएका छन् ।
एक अधिवक्ताले दिएको जानकारीअनुसार प्रधानन्यायाधीश जबराले अध्यक्ष श्रेष्ठलाई भेट्न भन्दै प्रहरीमार्फत खब पठाएका थिए । त्यसको केही अघि मात्रै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराविरुद्ध आक्रामक अभिव्यक्ति दिएका थिए ।
उनले प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा अब नागरिक पनि आउनुपर्ने भन्दै आह्वान गरेका थिए । उनले भोलि अदालत ठप्प पार्ने र बेन्च बहिष्कार गरिने जनाएका थिए । Photo By: Mukunda Kalikote/ReportersNepal