काठमाडौं, २५ कार्तिक । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रशासन प्रयोग गरेर बल प्रयोग गरेको भन्दै निन्दा गरेको छ । आज बारका महासचिव लिलामणि पौडेलले एक विज्ञप्ती जारी गर्दै प्रधानन्यायाधीश जबरालाई आगामी दिनमा यस्तो हर्कत नगर्न चेतावनी दिएका छन् ।
बारले भनेको छ,‘प्रधानन्यायाधीशको यस्तो हर्कतको नेपाल बार एशोसिएशनले घोर निन्दा र भत्र्सना गर्दछ । यस्तो हकर्त भविष्यमा नदोहोर्याउन चेतावनीसमेत दिन चाहन्छौं ।’ भोलि कुनैपनि बेन्चमा सहभागी नहुन बारले न्यायाधीशहरुलाई समेत आग्रह गरेको छ । बारले पनि भोलि कुनैपनि बेन्चमा बहस, पैरवी नगर्ने, बेन्च बहिष्कार गर्ने निर्णय गरेको छ ।