Logo

१६ वर्षीया किशोरीलाई जबरजस्ती गर्दा…



रुकुम पूर्व, २५ कात्तिक । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिस्ने गाउँपालिका–८ बस्ने २४ वर्षीय सन्जय नाथलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

सन्जयले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्