काठमाडौं, कार्तिक २६ । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । आज अपरान्ह बोलाईएको बैठक भर्चुअल रुपमा बस्न लागेको हो ।
पार्टीको राष्ट्रिय सम्मेलन तयारीका लागि नेताहरु जिल्लाजिल्लामा रहेकाले सहजताका लागि भर्चुअलमार्फत बैठक आह्वान गरिएको हो ।
आजको बैठकमा आसन्न राष्ट्रिय सम्मेलनको तयारीको समीक्षा तथा संगठित सदस्यको नवीकरणको म्याद थप गर्ने लगायतका बारेमा छलफल हुने जनाईएको छ । बैठक साँझ ६ बजे बस्ने छ ।