Logo

सांग्रिला डेभलपमेन्ट बैंकको शाखा मणिग्राममा



काठमाडौं, २६ कात्तिक । सांग्रिला डेभलपमेन्ट बैंकले एक नयाँ शाखा विस्तार गरेको छ । बैंकले तिलोत्तमा नगरपालिका, रुपन्देही वडा नं ५ स्थित मणिग्राममा बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने उद्देश्यले उक्त शाखा संचालनमा ल्याएको जनाएको छ ।

मणिग्राम शाखा कार्यालय संचालनमा आएसँगै अब त्यस क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकको अनुसार शाखासँगै कुल शाखा संख्या १०२ पुगेको छ ।

यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैकिङ सेवा लिने वातावरण बन्नेमा बैंक विश्वस्त रहेको छ । बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्