काठमाडौं, २६ कात्तिक । न्यादी हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले कात्तिक २५ गतेदेखि लागु हुने गरी शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटललाई नियुक्त गरेको हो ।
न्यादी हाइड्रोले एनएमबी क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेसँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, शेयरवालाहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य एनएमबि क्यापिटलमार्फत हुने जनाइएको छ ।