![](https://reportersnepal.com/wp-content/uploads/2021/10/nepal-bar-1_d6HbuEUvpT.jpg)
काठमाडौं, २६ कात्तिक । आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा नाराबाजी गर्ने पाँचजना पक्राउ परेका छन् । सर्वोच्च अदालत परिसरमा भइरहेको नेपाल बारको आन्दोलनको क्रममा जबराको पक्षमा नाराबाजी गर्ने चार महिला र एक पुरुष गरी पाँचजना पक्राउ परेका हुन् ।
प्रधानन्यायाधीश जबरालाई अदालतमा प्रवेशमा रोक लगाउन बिहानदेखी कानुन ब्यवसायीहरु धर्नामा बसेसँगै उनीहरुले पनि जबराको पक्षमा नाराबाजी गरेका थिए ।