Logo

मुलगेटमा धर्ना दिएपछि जबरा एक नम्बर गेटबाट सर्वोच्च प्रवेश गरे



काठमाडौं, २६ कात्तिक । कानुन व्यवसायीहरुले सर्वोच्च अदालतको मुल गेटमा प्रवेशमा रोक लगाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वैकल्पिक गेटबाट भित्र प्रवेश गरेका छन् । प्रधानन्यायाधीश जबरा एक नम्बरको गेटबाट अदालतमा प्रवेश गरेका हु्न् ।

जबरालाई प्रहरीले स्कर्टिङ गरेर अदालतभित्र प्रवेश गराएका थिए । जबराको राजीनामा माग गर्दै नेपाल बार २ सातादेखि आन्दोलनमा उत्रिएको छ ।

बारले अदातलभित्रै आन्दोलन थालेपछि सर्वोच्चमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । प्रधानन्यायाधीश कार्यालय पुग्नु अघि नै धर्ना दिनथालेपछि सुरक्षाकर्मी परिचालन गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्