काठमाडौं, २६ कात्तिक । करीब २ सातादेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीहरुले बन्दी प्रत्यक्षीकरणसहित आज कुनै पनि मुद्दामा बहस नगर्ने भएका छन् ।
नेपाल बारले गरेको धर्ना कार्यक्रममा बिहीबार प्रहरीले दमन गरेपछि त्यसैको विरोधमा आज (शुक्रबार) उनीहरुले मुद्दाको सुनवाई नगर्ने भएका हुन् ।
हिजो प्रहरीले धर्नामा हस्तक्षेप गर्दा केही कानुन व्यवसायीहरु घाइते भएका थिए । बारले बिहीबार नै बन्दी प्रत्यक्षीकरणका रिटमा समेत बहस नगर्ने बताएको थियो । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबारदेखि पनि सर्वोेच्चको गेटमा धर्नालाई निरन्तरता दिन प्रत्येक दिन साढे ९ बजे भेला हुन सबैलाई आह्वान गरेका हुन् ।
प्रधानन्यायाधीश जबराले आज आठवटा इजलास तोकेका छन् । File Photo