Logo

प्रचण्डको निजी सचिवालयबाट दुई सदस्यलाई हटाइयो



काठमाडौं, २६ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयले दुई सदस्यहरुलाई हटाएको छ ।

सचिवालयको सदस्यहरु जोगबहादुर महरा र बिष्णु सापकोटा ‘जुगल’लाई जिम्मेवारीबाट हटाइएको हो । सदस्यद्धयलाई हटाइएको जानकारी शुक्रबार अध्यक्ष प्रचण्डले स्थायी कमिटीको बैठकमा गराएका हुन् ।

सचिवालयबाट हटाएर महरालाई लुम्बिनी प्रदेशको सह–इन्चार्जको जिम्मेवारी दिइएको छ भने सापकोटालाई प्रेस सेन्टरको जिम्मेवारी दिइएको हो । हाल प्रचण्डको सचिवालयमा स्वकिय सचिवको रुपमा उनकै छोरी गंगा दाहाल रहेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्