Logo

सि र बाइडेनबीच वार्ता हुँदै



एजेन्सी, २७ कात्तिक । चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भिडियो कन्फ्रेन्सिङका माध्यमबाट वार्ता हुने भएको छ । उनीहरुबीच बेइजिङको स्थानीय समयानुसार आगामी नोभेम्बर १६ को बिहान उक्त वार्ता हुने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियाङले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार दुई देशका राष्ट्रतिबीच नोभेम्बर १६ मा भिडियो वार्ता हुनेछ ।

उनीहरुले चीन अमेरिका सम्बन्धका साथै अरु साझा चासोका विषयमा पनि कुराकानी गर्नुभएको भएको प्रवक्ता हुवा चुनियाङले जानकारी दिएका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्