Logo

नेकपा(एस)को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै



काठमाडौं, २७ कात्तिक। नेकपा (एकीकृत समाजवादी)को आज (शनिबार) केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ । शुक्रबार काठमाडौंमा बसेको पार्टीको स्थायी कमिटी बैठकले शनिबार र आइतबार काठमाडौंमा बस्ने केन्द्रीय कमिटीको दोश्रो पूर्ण बैठकको एजेण्डा बनाएको हो ।

केन्द्रीय कमिटीको पहिलो दिन शनिबार केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीलाई सपथ गराइने बुझिएको छ ।

त्यस्तै बैठकमा संघीय सरकारका क्रियाकलापका बारेमा पार्टीबाट गएका मन्त्रीहरुबाट जानकारी लिने र प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीबाट आगामी कार्ययोजना पेश हुने कार्यसूची छ । त्यस्तै बैठकको दोश्रो दिन केन्द्रीय सचिवालय र कार्यालयहरुबाट भएका काम कारवाहीहरु अनुमोदन हुनेछन् । त्यस्तै बैठकमा उठेका प्रश्नको जवाफ अध्यक्षले दिने र समसामयिक प्रस्ताव पारित गर्दै बैठक सकिने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot