Logo

समाजवादी प्रेस संगठनको कार्यक्रम बहिष्कार नगरेको पत्रकार सुवेदीको भनाई



काठमाडौं, २७ कार्तिक । माधव नेपाल नेतृत्वको पार्टी (नेकपा एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनको राष्ट्रिय भेला काठमाडौंमा जारी छ । अहिले भेलालाई अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गरिरहेका छन् । यसअघि भेलालाई संस्थापक नेता तथा सो संगठन आवद्ध क्रियाशील पत्रकारहरु विश्वमणि सुवेदी, नरेन्द्र साउद र रामकुमार एलनले बहिस्कार गरेको भनिएको थियो । तर, उक्त समाचारको पत्रकार सुवेदीले खण्डन गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्–’हामीले समाजवादी प्रेस संगठनको कार्यक्रम वहिष्कार गरेका छैनौं । व्यक्तिवादी एकाधिकारवाद हावी भयो । नेतृत्व चयन न्यायोचिन भएन । तसर्थ हामीले असहमति जनाएको मात्र हो । हामी यो विचार र आन्दोलनमा दृढ छौं ।’



प्रतिक्रिया दिनुहोस्