Logo

कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक जारी



काठमाडौँ, २७ कात्तिक: महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बसिरहेको छ । आइतबार बस्ने केन्द्रीय समितिको बैठकको तयारीका लागि सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बोलाएका हुन् ।

आज शनिबार बिहान ९ बजेबाट बुढानिलकण्ठस्थित देउवा निवासमा बसिरहेको बैठकमा सभापति एवं प्रधानमन्त्री देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी र पूर्वपदाधिकारीहरू सहभागी छन् ।

बैठकमा महाधिवेशनको तयारी, क्रियाशील सदस्यताको बल्झिएको विवाद समाधान, महाधिवेशन तयारीका लागि आवश्यक पर्ने विभिन्न समिति र उपसमितिहरु गठन लगायत समसामयिक राजनीतिक विषयहरुमा पार्टीले धारणा बनाउने विषयमा छलफल हुने जनाइएको छ ।कांग्रेसले मंसिर २४–२७ मा १४ औँ महाधिवेशन गर्ने मिति तोकेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्