Logo

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सुरू



काठमाडौं, २७ कार्तिक । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुर सानेपास्थित् हेरिटेज गार्डेनमा सुरु भएको बैठक यो दोश्रो पूर्ण बैठक हो ।

अहिले सुरु भएको केन्द्रीय कमिटी बैठकको एजेण्डाभने हिजो बसेको स्थायी कमिटीले तय गरिसकेको छ । बैठकमा केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीदेखि सरकारमा सहभागी भएका पार्टीका मन्त्री र प्रदेश प्रमुखले गरेको कार्यबारे बैठकलाई जानकारी गराउने कार्यतालिका रहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । file photo



प्रतिक्रिया दिनुहोस्