Logo

विश्वकप फुटबलमा ब्राजिल छनोट, दक्षिण अमेरिकाबाट कुन कुन देश छनोट नजिक



एजेन्सी, २७ कात्तिक । विश्वकप फुटबलमा दक्षिण अमेरिकी महादेशबाट ४ देशले सिधै छनोटको अवसर पाउनेछन् । बाँकी एक देशले एशियाली देशबाट प्ले अफबाट छनोट हुनेसँग अन्तिम प्रतिष्पर्धा गर्नुपर्ने हुन्छ ।

दक्षिण अमेरिकामा अन्तिम छनोटमा १० देशले प्रतिष्पर्धा गरिरहेका छन् । जसमध्ये ब्राजिल छनोट भइसकेको छ । उसले ३४ अंक हासिल गरिसकेको छ । अब सबै देशले ५ खेल खेल्न बाँकी रहँदा चौंथो स्थानमा रहेको चिलीले सबै खेल जित्दा पनि ब्राजिललाई उछिन्न सक्नेछैन ।

दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको २८ अंक छ । पाँच खेल बाँकी रहँदा उसले एक जीत र एक बराबरी निकालेमा छनोट पक्का गर्नेछ ।

इक्वेडर २० अंकका साथ चौंथो स्थानमा छ । चिली, कोलम्बिया र उरुग्वेको समान १६ अंक छ । पेरुको १४, पाराग्वे र बोलिभियाको १२–१२ अंक छ । भेनेजुएलाको ७ अंक छ ।

तेस्रो र चौंथो स्थानका लागि इक्वेडर, चिली, कोलम्बिया, उरुग्वे, पेरु, पाराग्वे र बोलिभियाबीच रोचक प्रतिष्पर्धा देखिन्छ । अबको पाँच खेल निर्णायक भएकाले भिडन्त रोचक हुने निश्चित छ ।

अंक तालिकामा अगाडि रहेको इक्वेडर, चिली, कोलम्बिया र उरुग्वे नै छनोटका बलिया दाबेदार हुन् । यी मध्येबाट कतार विश्वकपमा दुई देश छनोट हुने सम्भावना बलियो रहेको छ । बाँकी एक देश प्ले अफमा छनोट भई एशिया प्यासिफिकबाट प्ले अफमा छनोट हुनेसँग प्रतिष्पर्धामा उत्रनुपर्ने हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्