Logo

सर्वोच्चको मुल गेटमा आइतबार पनि बारले धर्ना दिने



काठमाडौँ, २७ कात्तिक। नेपाल बार एशोसियसनले आइतबारपनि सर्वोच्च अदालतको मुलगेट अगाडि धर्ना दिने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको बारले जबरालाई सर्वोच्चमा प्रवेश निषेध गर्ने जनाएको छ।

प्रधानन्यायाधीशले राजीनामा नदिँदासम्म आन्दोलन जारी रहने बारले जनाएको छ । आइतबार बिहान १० देखि ११ बजेसम्म सर्वोच्चको मुलगेट अगाडि धर्ना दिने कार्यक्रम तय भएको जनाइएको छ। बारले कानुन व्यवसायीहरुलाई आइतबार बिहान ९ बजे बारमा उपस्थित हुन आह्वान गरेको छ।



प्रतिक्रिया दिनुहोस्