काठमाडौं, २७ कार्तिक । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई यतिवेला गृहजिल्ला गोरखामा छन् । उनी पार्टीको सुदृढीकरणको अभियान लिएर गोरखा पुगेका हुन् । यो क्रममा उनले आफ्नो दैनिक गतिविधिलाई सामाजिक सञ्जालमार्फत सेयर गरिरहेका छन् । कहिले धान झाँटेको कहिले जनताको गुनासो सुनेको तस्विर गरिरहेका छन् ।
उनले आफूले देशको ७७ वटै जिल्लामा भ्रमण गरेको र नियमित जनतासँग भेटवार्ता जारी राख्ने बताए । उनले सिंहदरबार र जनताबीच दुरी राख्न नहुने पनि बताए । उनले आफूले प्रधानमन्त्री कालमा पनि जनताको घरदैलो कार्यक्रम सञ्चालन गरेको सुनाए । उनी जनताको घरघरमा किन पुग्छन् ? भनेर सोधिएकोमा उनले यो आफ्नो स्वेच्छा भएको प्रतिक्रिया दिए । उनले शासक वर्गलाई काठमाडौंभन्दा बाहिर पनि नेपाल छ भन्ने धेरैलाई थाहा नभएको टिप्पणी गरेका छन् । हेरौं उनको सचिवालयले जारी गरेको भिडिओ :
https://www.facebook.com/BRBSecretariat/videos/912663702977055