Logo

रौतहट कार दुर्घटनाका मृतकको सनाखत



रौतहट, २८ कात्तिक । शनिबार राति रौतहटमा भएको कार दुर्घटनामा मृत्यु भएका सबै जनाको पहिचान खुलेर सनाखत भएको छ । चन्द्रनिगाहापुर–गौर सडकखण्ड अन्तर्गत झन्खुनवा चोक नजिक भारतीय नम्बरको प्लेटको कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारत विहारका दिनानाथ साह, अरुण साह, दिलिप महतो र अमित महतो रहेको रौतहट प्रहरीले जनाएको छ ।

कार तिव्रगतिको कारण अनियन्त्रित भई सडकभन्दा २० मिटर ठुलो खाल्डोमा खसेको थियो । प्रहरीको टोलीले कारको सिसा फुटालेर ४ जनालाई उपचारको लागि जिल्ला अस्पताल गौरमा पुरयाएका थिए । उपचार सुरु नगर्दै डाक्टहरुले चारै जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतकको खल्तीमा भएको आइडी कार्डको आधारमा चारै जनाको पहिचान गरी परिवारलाई बोलाएर सनाखत भएको प्रहरीले जनाएको छ। उनीहरु आफन्तको घरमा छठको प्रसाद पुर्याउन आएर भारत फर्किएका थिए ।



प्रतिक्रिया दिनुहोस्