काठमाडौं, २८ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिने उद्देश्यले नेपाल बार एसोसियशनले केही दिन यता सर्वोच्चमा धर्ना दिँदै आएको छ । बारको आन्दोलनको विरुद्धमा उत्रिएका करीब ५० जनालाई प्रहरीले आज पक्राउ गरेको छ । यसैक्रममा प्रहरीसँग केहीबेर झडप भएको थियो । केही प्रदर्शनकारी पनि घाइते भएका छन् ।
आइतबार प्रधानन्यायाधीश जबराको समर्थनमा निस्किएको ठ्ुलो समुहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बारको धर्नालाई विफल बनाउन आज मात्रै दुई समुह उत्रिएका थिए । गोरखा फुजेलका नुरप्रसाद अधिकारीसहित ५ जनालाई यसअघि नै पक्राउ गरिसकेको छ ।
प्रधानन्यायाधीशलाई कार्यालयमा प्रवेशमा रोक लगाउने भन्दै बार आन्दोलनमा उत्रदै गर्दा उनीहरु बारको विरोध गर्न अदातलमा पुगेका थिए । जबराको समर्थनमा उत्रिए पछि उनीहरुलाई प्रहरीले तुरन्तै पक्राउ गरेको थियो । तस्विरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम