Logo

विप्लवनिकट विद्यार्थी संगठनको चक्काजाम, २५ जना नेता पक्राउ



काठमाडौं, २८ कात्तिक । नेकपा नेत्रविक्रम चन्द निकट विद्यार्थी संगठनले त्रि–चन्द्र क्याम्पस अगाडी पेट्रोलियम पदार्थको मुल्यबद्धिको विरुद्धमा चक्काजाम गर्दा २५ जना विद्यार्थी नेताहरु पक्राउ परेका छन् ।

प्रहरीले पेट्रोलियम पदार्थको मुल्य बढाएको विरोधमा क्याम्पस अगाडी गरेको चक्काजाममा विप्लव निकटका अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विप्लवको उपाध्यक्ष नरेन्द्र बिक, सचिवालय सदस्य मदन केसी, ललित विक, नवराज भट्टलगायत २५ जना पक्राउ परेका हुन् । नेकपाले कात्तिक २५ गतेदेखि ३० गतेसम्म देशव्यापी विरोधको कार्यक्रम घोषणा गरेको छ । सोही तालिकाअनुसार आज एक घन्टा चक्काजाम गरेको थियो । भोली बेलुका मसाल जुलुस गर्ने तालिका रहेको छ । त्यस्तै, कात्तिक ३० गते नेपाल बन्द गर्ने घोषणा गरेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्