Logo

रोल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु



रोल्पा, २८ कात्तिक । रोल्पामा आज बिहान जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । माडी गाउँपालिकादेखि घर्तीगाउँतीर जाँदै गरेको रा १ ज ३८२ नम्बरको जीप आज बिहान ११ बजे सडकबाट करीब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २ जना घाइते भएका छन् । मृत्यु हुनेमा २ जना पुरुष र एक महिला रहेको तर हालसम्म उनीहरुको सनाखत हुन नसकेको प्रहरीको भनाई छ । घाइतेहरुको स्थानिय स्वास्थ्य संस्थामा उपचार भैरहको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot