Logo

काठमाडौँबाट १ थान एयर गनसहित पक्राउ



काठमाडौं, २८ कात्तिक। काठमाडौं महानगरपालिका-११ थापाथली डेरा गरी बस्ने कैलाली घर भएका २१ वर्षीय जितेन्द्र नाथलाई १ थान एयर गन सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

नाथले कोठामा अवैध हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्