Logo

१ थान एयर गन सहित पक्राउ



काठमाडौं, २८ कात्तिक । १ थान एयर गन सहित एकजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–११ थापाथली डेरा गरी बस्ने कैलाली घर भएका २१ वर्षीय जितेन्द्र नाथलाई १ थान एयर गन सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

नाथले कोठामा अवैध हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्