काठमाडौं, २९ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले आज पनि देशभरका ९० बार इकाईमा विरोध प्रदर्शन गर्दैछ । काठमाडौं उपत्यकाका सबै बार इकाईबाट सर्वोच्च अदालतमा उपस्थित भएर प्रधानन्यायाधीश जबराविरुद्ध विरोध गरिने जनाइएको छ ।
प्रधानन्याधीशलाई सर्वोच्च प्रवेशमै रोक लगाउने भन्दै बार आइतबारदेखि गेटमै प्रदर्शन गर्दै आएको छ । देशभरका सबै अदालतमा आज पनि मध्यान्न १२ बजेसम्म विरोधका कार्यक्रम तय गरिएको बुझिएको छ । बारले २२ देखि ३० सम्मका लागि दोस्रो चरणको आन्दोलन घोषणा गरेर विरोध प्रदर्शन गरिरहेको छ ।