Logo

प्रधानन्यायाधीश जबराले न्यायाधीशहरु र बारलाई वार्ताको लागि आह्वान गर्दै, केहीबेरमा वक्तव्य आउने



काठमाडौं, २९ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीशहरुलाई र नेपाल बार एशोसिएशनका पदाधिकारीलाई वार्ताको लागि आह्वान गर्ने भएका छन् ।

उनीनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार अहिले केहीबेरमै प्रधानन्यायाधीश जबराले वार्ताको लागि आह्वान गर्दै वक्तव्य जारी गर्ने भएका छन् । नेपाल बारले प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलन जारी राखेको छ ।

उता, सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि बेञ्च बहिष्कार गर्दै आएका छन् । उनीहरुले पनि प्रधान्यायाधीश जबराले मार्गप्रशस्त गर्नुपर्ने अडान राखेका छन् ।

त्यस्तै, अहिले जारी गरिने वक्तव्यमा बार परिसर र अदालत परिसरमा भएको झडपको विषयमा प्रधानन्यायाधीश जबराले दुःख व्यक्त गर्ने भएका छन् । तर, जबराले भने आफूले कुनैपनि हालतमा राजीनामा नदिने अडान लिएका छन् । उनले बरु संवैधानिक प्रक्रियाबाट हटाउन चूनौति दिएका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्