Logo

एक/दुई दिनभित्रै अदालतको समस्याको समाधान खोज्दैछौं : खतिवडा (भिडिओसहित)



काठमाडौं, २९ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले अदालतको विवादबारे पाँच दलीय गठबन्धनको साझा धारणा आउने बताएका छन् । उनले भने,‘हामी आफूमात्रै यो विषयमा बोल्दैनौं । पाँच दलीय गठबन्धनमा साझा धारणा बनाएरमात्रै बोल्छौं । तर, हाम्रो आफन निश्चित् धारणा छन् । गठबन्धनभित्रबाट यसलाई अगाडि बढाउने कोशिस गर्नेछौं ।’

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरुले गठबन्धनभित्र महत्वपूर्ण भूमिका खेल्नुपर्ने भएकोले आफूहरुको आवाज गठबन्धनको आवाज उठाउने जनाए । उनले गठबन्धनले एक/दुई दिनभित्रै अदालतको विवादको समाधान खोज्ने पनि विश्वास दिलाए । उनले भने,‘हामी पाँच दलीय गठबन्धनको साझा धारणा आउँछ । निकासका विभिन्न उपायहरु छन् । यीमध्ये कुन उपाय अवलम्बन गर्ने हो ? हामी चाहन्छौं कि सहमतिबाट समस्या समाधान होस् ।’



प्रतिक्रिया दिनुहोस्