काठमाडौं, २९ कात्तिक । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले १४औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने बताएका छन्। काठमाडौं महानगर पार्टी समितिलाई सम्मान तथा बधाई ज्ञापन गर्न आज काठमाडौंमा आयोजित कार्यक्रममा सिंहले १३औं महाधिवेशनपछि कांग्रेस कमजोर भएको पनि बताए।
कांग्रेस कमजोर भएको मौकामा कम्युनिष्टले दुईपटक संसद भंग ग¥यो,’ उनले भने। उनले प्रजातन्त्र बचाउन पनि पार्टीको नेतृत्व सक्षम व्यक्तिको हातमा पु¥याउनुपर्ने बताए।
‘कुन नेताको के हैसियत थियो भन्ने कुरा सबैलाई थाहा छ। लुकाएर लुक्ने कुरा होइन,’ सिंहले भने, ‘आगामी दिनमा राष्ट्रिय राजनीति हाँक्न कांग्रेसको १४औं महाधिवेशनमा म पार्टी सभापतिको उम्मेदवारको रूपमा उभिन्छु।’
उनले सभापति उम्मेदवार हुनुमा आफ्नो कुनै व्यक्तिगत चाहना नभएको पनि बताएका छन्। उनले प्रजातन्त्र दुःख, कष्ट गरेर आएको पनि बताए।