काठमाडौं, २९ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वार्ता तथा सम्वादमा बस्न गरेको अनुरोधलाई नेपाल बार एशोसिएशनले अस्विकार गरेको छ । प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएको बारले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने भन्दै आएको छ ।
आज विहानमात्रै प्रधानन्यायाधीश जबराले न्यायालयलाई यसरी सधैं बन्धक बनाएर राख्न नहुने भन्दै तत्काल वार्तामा आउन नेपाल बार र सर्वोच्च अदालत बार दुवैलाई आह्वान गरेका थिए । तर, बार पदाधिकारीको बैठकले प्रधानन्यायाधीश जबराले बोलाएको वार्तामा नजाने निश्कर्ष निकालेको छ ।
बरु, प्रधानन्यायाधीश जबरालाई विज्ञप्तीमार्फत नै जवाफ दिने भएको छ । बार परिसरमा आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले विज्ञप्ती नमागेको बताए । उनले भने,‘हामीले वक्तव्य मागेका होइनौँ राजीनामा मागेका हौँ । राजीनामा दिनुस् । हामी तपाईँसँग वार्तामा बस्दैनौं ।”
उता, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले पनि राजीनामा दिनुपर्ने अडान राखे । उनले प्रधानन्यायाधीश जबरालाई आफूहरुले विज्ञप्तीमार्फत नै जवाफ दिने बताए ।
प्रधान्यायाधीश जबराको विज्ञप्ती आयो (पूर्णपाठसहित)