Logo

सर्वोच्च अदालतको गतिरोध लम्बिने संकेत



काठमाडौं, २९ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बार एशोशिएसनलाई वार्ताका लागि डाकेपनि अस्वीकार गरेको छ । बारले जबराको राजीनामालाई बटमलाइन बनाएपछि सर्वोच्च अदालतको पछिल्लो गतिरोध लम्बिने संकेत मिलेको छ ।

जबराले अदालतमा व्यापक सुधारका लागि कदम चाल्नेलगायतको विषय उल्लेख गरी वार्ताको आव्हान गरेपनि बारले अस्वीकार गरेको हो । तर, बारको राजीनामाको मागलाई जबराले कुनै हालतमा स्वीकार नगर्ने भएका छन् । उनले संविधानभन्दा बाहिर नजाने स्पष्ट पार्दै राजीनामा नदिने बताएबाट अदालतको समस्या अझ गहिरिने भएको छ ।

अब कि त प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने हुन्छ कि त न्यायाधीशहरु इजलासमा बस्नुपर्ने हुन्छ । प्रधानन्यायाधीशले बारको माग सम्बोधन गर्ने या बार ब्याक हुने बाहेकको विकल्प छैन । दुवै पक्ष टसमस नभएकाले समस्या अझ गरिहिदै जाने भएको छ ।



प्रतिक्रिया दिनुहोस्