Logo

तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ



काठमाडौं, २९ कात्तिक। गोकर्णेश्वर नगरपालिका-८ जोरपाटी बेसीगाँउस्थित मिना कुमारी श्रेष्ठको टहरामा तास खेलिरहेको अवस्थामा सोही टहरामा डेरा गरी बस्ने सोलुखुम्बु घर भएका २६ टासी शेर्पा लगायत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त टहरामा जुवातास खेलाईरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४७ हजार ७ सय ८५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्