Logo

आजपनि प्रधानन्यायाधीश जबराविरुद्ध प्रदर्शन



काठमाडौं,३० कात्तिक । मंगलबार पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बारले प्रदर्शन जारी राखेको छ। आज बार एसोसिएशनको प्रांगणमा कानुन व्यवसायीहरुले सर्वोचको मुख्य भवनमुनि बसेर प्रदर्शन गरीहेका हु्न ।

सोमबार प्रधानन्यायाधीशले वार्ताको लागि बारलाई आह्वान गरेपछि सर्वोच्चका न्यायाधीशहरु विभाजित हुन थालेको अवस्थामा कानुन व्यवसायीहरु भने कुनै हालतमा जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताइरहेका छन् ।

करीब ३ सातादेखि बार जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्