पोखरा, ३० कात्तिक । आज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज आह्वान गरेको नेपाल बन्दको क्रममा पोखराबाट ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की जिल्ला सदस्य एंव कार्यालय सचिव काजी गुरुङ, विद्यार्थी नेता युवराज लगायत नेता कार्यकर्ताहरु रहेका छन् ।
पेट्रोलियम पदार्थ तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तुमा मूल्यवृद्धिको विरोधमा नेकपाले आह्वान गरेको बन्दका कारण बिहानैदेखि पोखराको जनजीवन प्रभावित बनेको छ । मुख्य बजारका पसल बिहानैदेखि बन्द छन् भने सार्वजनिक तथा भाडाका सवारी साधन ठप्प छन् । केही मोटरसाइकल तथा स्कुटर भने निर्वाध सञ्चालनमा छन् ।