काठमाडौं, ३० कात्तिक । सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरु र प्रहरीबीच ठेलमठेल भएको छ । आज नेपाल बारको नेतृत्वमा प्रदर्शनका लागि भित्र प्रवेश गर्न खोज्दा प्रहरीले कानुन व्यवसायीहरुलाई रोक्ने प्रयास गर्दा ठेलमठेल भएको हो ।
प्रहरीले माइक खोसेपछि वकिलहरु प्रधानन्यायाधीशविरुद्ध चर्कोस्वरमा नाराबाजी गरिरहेका छन् । सोमबार प्रधानन्यायाधीशले वार्ताको लागि बारलाई आह्वान गरेपछि सर्वोच्चका न्यायाधीशहरु विभाजित हुन थालेको अवस्थामा कानुन व्यवसायीहरु भने कुनै हालतमा जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताइरहेका छन् । File Photo