Logo

आज फेरी न्यायाधीश र बार पदाधिकारीहरु छलफलमा जुट्दै



काठमाडौं, ३० कात्तिक । मंगलबार पनि सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एसोसिएशनका पदाधिकारीहरु छलफलमा जुट्ने भएका छन् । आजको छलफल सर्वोच्चको एनेक्स हलमा हुने भएको हो ।

बार करीब ४ सातादेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलमा छ । त्यस्तै न्यायाधीशहरुले पनि अघोसित रुपमा इजलास वहिस्कार गर्दै आएका छन् । सोमबार पनि सर्वोच्चका न्यायाधीश र बारबीच पनि छलफल भएको थियो ।

 

तस्विरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्