काठमाडौं, ३० कात्तिक । इन्धनको मुल्य बृद्धिको विरोधमा गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दमा काठमाडौंबाट २५ जना कार्यकर्ता पक्राउ परेका छन् ।
आज यातायात सञ्चालनमा अवरोध गराउँदै हिडेका २५ जना नेता तथा कार्यकर्ताहरु पक्राउ परेका हुन् । काठमाडौंको रत्नपार्क, सुन्धारा, महाराजगंज, नयाँ बसपार्क लगायतका स्थानबाट बन्दकर्ताहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।