Logo

४७ प्रतिशत लाभांश प्रस्ताव गर्न महिला लघुवित्तको साधारण सभा मंसिर २२ गते बस्ने



काठमाडौं, १ मंसिर । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा मंसिर २२ गते हुने भएको छ । कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सभा हिमालय दृश्य होटल, धुलिखेल, काभ्रेमा बिहान १०ः३० बजे सभा हुने भएको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई ४७ दशमलव ५ प्रतिशत बोनश शेयर कर प्रयोजनका लागि २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण समूहबाट दुई जना सञ्चाकको निर्वाचन, गरी नियुक्ति गर्ने, अन्य कुनै लघुवित्तसँग गाभ्ने गाभिने सम्बन्धी प्रक्रिया अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि मंसिर १८ गते (एक दिन) बुक क्लोज गर्ने तयारी कम्पनीको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot