काठमाडौं, १ मंसिर । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो टी–२० अन्तराष्ट्रिय सिरिज क्रिकेटमा कतारमाथि शानदार जित निकालेको छ ।
कतारस्थित वेस्ट इन्ड पार्क स्टेडियममा मंगलबार दिउँसो भएको खेलमा नेपालले कतारलाई १ सय १९ रनले हराएको हो ।
तीन खेलको सिरिजमा पहिलो खेलमा नेपालले १–० को अग्रता बनाएको हो ।
नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको कतार ११ ओभर ५ बलमा अलआउट हुँदै २७ रनमा समेटिएको थिए ।
कतारका कुनै पनि खेलाडिले दोहारो जोड्न सकेनन् भने पाँच खेलाडी सुन्य रनमा आउट भए । कतारलाई सस्तैमा समेट्न नेपालकी कप्तान रुबिना क्षेत्रीले ३ विकेट लिईन् ।
यस्तै, कविता कुँवर र सिता राना मगरले समान २÷२ विकेट लिए भने करुणा भण्डारीले १ विकेट लिईन् ।
यस अघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो ।
नेपाली महिला राष्ट्रिय क्रिकेटको यो अहिलेसम्मकै ठुलो योगफल हो ।
नेपालका लागि इन्दु वर्माले सर्वाधिक ४७ बलमा ५५ रन बनाएर अर्धशतकीय इनिङ्स खेलिन् ।
यस्तै सिता राना मगरले ३९ र सरिता मगर २१ रनमा जोड्न सफल भइन् ।
कप्तान रुबिना क्षेत्री सुन्य रनमै आउट हुन पुगीन ।
कतारकी सबिजा पानायन र एन्जेलिन मारेले समान एक÷एक विकेट लिईन् ।
अब नेपालले बुधबार दोस्रो र बिहीबार तेस्रो खेल खेल्नेछ ।
तस्विरः कतार क्रिकेट एसोसियसन