Logo

सर्वोच्चमा बुधबार पनि बारको धर्ना, कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल



काठमाडौं, १ मंसिर । नेपाल बारको अगुवाईमा प्रधानन्यायाधीशविरुद्ध करीब ३ सातादेखि गर्दै आएको आन्दोलन आज पनि जारी छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै भईरहेको आन्दोलनमा आज सर्वोच्च परिसरमा कानुन व्यवसायी र प्रहरीबीच केहीबेर ठेलमठेल भएको थियो ।

जबरालाई सर्वोच्च परिसरमा प्रवेश गर्न नदिने भन्दै बारले मुल गेटमा धर्ना दिएपनि प्रधानन्यायाधीश भने वैकल्पिक गेट भएर कार्यालय प्रवेश गरी काम अगाडी बढाइरहेका छन् । File Photo

 



प्रतिक्रिया दिनुहोस्