Logo

अदालतको विवादबारे बोले प्रचण्ड, केही दिनमै समस्याको समाधान हुने दाबी



जनकपुर, १ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अदालतको विवाद एक/दुई दिनभित्रै समाधान हुने बताएका छन् । उनले अदालतको विवादबारे आफूहरुको पर्याप्त मात्रामा ध्यान गएको पनि उल्लेख गरेका छन् । र, उक्त विवाद चाँडै समाधान होस भनेर अपेक्षा राखेको पनि दाहालले सुनाए ।

आज (बुधबार) जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै दाहालले यस्तो बताएका हुन् । उनले भने–‘अदालतको विवादबारे हाम्रो ध्यान गएको छ । हामी यो समस्याको समाधान अदालतभित्रैबाट होस भन्ने चाहन्छौं ।’ हिजोमात्रै सत्तापक्षीय गठबन्धनले पनि अदालतको विवादबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot