Logo

नर्भिकमा शनिबार बालरोग र हाडजोर्नी रोग विशेषज्ञको निःशुल्क ओपीडी



काठमाडौं, १ मंसिर । काठमाडौंस्थित थापाथलीको नर्भिक इन्टरनेसनल हस्पिटलमा आगामी शनिबार निःशुल्क ओपीडी सेवा सञ्चालन हुने भएको छ । शनिबार नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. बिनिता जोशी र हाडजोर्नी रोग विशेषज्ञ डा. सगुन जोशीले निःशुल्क ओपीडी सेवा दिने भएका हुन्।

विभिन्न स्वास्थ्य समस्याबाट पीडित बालबालिकाले डा. बिनिता र हाडजोर्नीसँग सम्बन्धित स्वास्थ्य समस्या भोगिरहेकाहरुले डा. सगुनको निःशुल्क ओपीडीबाट लाभ लिनसक्ने अस्पतालले जनाएको छ।

बालरोग विशेषज्ञ डा. जोशीले बिहान १० बजेदेखि १२ बजेसम्म र हाडजोर्नी रोग विशेषज्ञ डा.जोशीले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म निःशुल्क ओपीडी सेवा दिने भएका छन् ।

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिबार निःशुल्क ओपीडी सेवालाई सञ्चालन गर्दै आएको छ।

 



प्रतिक्रिया दिनुहोस्